२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेले नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएका छन् ।

बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालयगत शीर्षक हरुमा छलफल सुरु भएको छ ।

सभामुख सापकोटाले विनियोजन विधेयकमाथि विरोधको सूचना दर्ता गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !