१९ बैशाख २०८१, बुधबार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यसअघि हिजो आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो ।

यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ । केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।

यो पनि पढ्नुहोस्

एमालेको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र मिडियाका मालिकलाई देउवाले विभूषण दिए : ओली

नेम्वाङको न्यायाधीशहरूलाई आग्रह : मेडल अस्वीकार गरेको घोषणा गर्नुस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !