२५ बैशाख २०८१, मंगलबार

यो हप्ताभित्र मन्त्रिपरिषद् विस्तार : अध्यक्ष नेपाल


माधव कुमार नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गर्दै अध्यक्ष नेपालले हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।

उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

नेपाली जनतालाई काम गरेर देखाउने र केपी केपी शर्मा ओली जस्तो बोलेर आम जनतालाई निरास नबनाउने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !