काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए ।
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।” उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।
यता आज एमालेले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरुले नाराबाजी गरेर संसद अवरुद्ध गरेका छन् । एमालेले आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएर प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक २५ गते शुक्रबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ ।
यो पनि पढ्नुहोस्
एमालेले लगातार संसद अवरुद्ध गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित
संसदमै एमाले सांसदले सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख !
एमालेले संसद अवरुद्ध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित
एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी