१५ बैशाख २०८१, शनिबार

प्रचण्ड भन्छन्, “एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ”


प्रचण्ड फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको खुलासा गरेका छन् ।

आज काठमाडौंको एक कार्यक्रममा बोल्दै प्रचण्ड आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको बताए । उक्त कार्यक्रममा उनले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए ।

एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !