२७ बैशाख २०८१, बिहिबार

देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि


sher bahadur deawa

काठमाडौं– कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिर्वतनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकार परिर्वतनसँगै उठेका विषय र त्यसको समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए। ‘पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण जरुरी छ,’ जोशीले भने, ‘सरकारले नीति तथा कार्यक्रम संसदमा पेस गरिसकेको छ, बजेट ल्याउने तयारी छ। तीसहित सबै विषयमा पार्टी धारण बनाउन बैठक जरुरी छ।’

पार्टीभित्र छलफल नै नगरी सरकार परिर्वतनको खेलमा लाग्दा देउवाले पार्टीलाई नोक्सान पुर्या एको सदस्यहरूको बुझाइ छ। ‘उहाँ (देउवा) सत्ताको माहिर खेलाडी हो, उहाँले भनेपछि भइहाल्छ भनेर जसरी काम गरियो, त्यसले पार्टीलाई नोक्सान पुर्यााएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘एकीकृत माओवादीले प्रधानमन्त्री दिँदा पनि सरकारको नेतृत्व लिन तयार नभएको सन्देश बाहिर गयो तर वास्तविक कुरा के हो भन्ने न बाहिर आयो न त पार्टीमै जानकारी गराउने काम भयो।’

पार्टीभित्र छलफल नहुँदा संसदमा पेस भएको नीति तथा कार्यक्रममाथि पार्टीको आधिकारिक धारणा र निर्देशनसमेत नआएको ती सदस्यले बताए। केन्द्रीय सदस्य धनराज गुरुङले त पार्टीका तर्फबाट भन्दै नीति तथा कार्यक्रममाथि परेको संशोधनबारे जानकारी नभएको बताए। ‘संशोधन दर्ता गराउने विषयमा पार्टीमा छलफल भएको छैन,’ उनले भने, ‘पार्टीको तर्फबाट भने पनि त्यो रमेशजीको संशोधन हो।’

पार्टीमा छलफल नै नगरी स्थानीय निकाय निर्वाचनको विरोध गरेको प्रति पनि सदस्यहरूले असन्तुष्टि जनाएका छन्। नयाँ संरचना नबनाइ स्थानीय निकाय निर्वाचन गराउनुहुन्न भन्नु संविधानको मर्मविपरीतको धारणा भएको तर्क उनीहरुको छ। ‘नयाँ संरचनाअनुसार स्थानीय निकाय निर्वाचन गराउने भए आफ्नै नेतृत्वमा जारी भएको संविधानमा संक्रमणकालीन व्यवस्था गरेर पुरानै संरचनाअनुसार चुनाव गराउने व्यवस्था किन राखेकोे?’ एक सदस्यले भने।

शेरबहादुर देउवा पार्टी कसरी सञ्चालन गर्ने भन्ने सिक्नेक्रममै रहेको जनाउँदै गुरुङलेे भने, ‘नयाँ बुहारीलाई चुलो चौको थाहा हुँदैन, अहिले त्यस्तै भएको छ सिक्दै हुनुहुन्छ होला।’

महाधिवेशन भएको दुई महिनाभित्र सबै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था भए पनि सभापतिले त्यसअनुसार काम सुरु गरेकै छैनन्। सभापतिको कार्यभार समहालेकै दिन सात केन्द्रीय सदस्य मनोनीत गर्नुबाहेक देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीका साथै बाँकी १४ जना केन्द्रीय सदस्य मनोनीत गर्न सकेका छैनन्। विभाग, संसदीय समिति, कार्यसम्पादन समिति गठनको प्रक्रिया पनि अघि बढेको छैन।

विधि र विधानअनुसार पार्टी अघि बढे मात्र संगठन मजबुत हुने बताउँदै केन्द्रीय सदस्य जोशीले भने, ‘तर अहिलेसम्म त्यसतर्फ ध्यान पुगेको देखिँदैन।’

तत्कालीन सभापति सुशील कोइरालाले पार्टीलाई विधि र विधानअनुसार चलाउन नसकेको मुद्दा अघि सार्दै देउवा पार्टी कमान्ड हात पार्न सफल भएको स्मरण गर्दै एक सदस्यले भने, ‘पहिलाको जस्तो पनि गति छैन।’

१२ औं महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै तत्कालीन सभापति कोइरालाले नीति तथा कार्यक्रम संशोधनसहित तल्लो तहसम्म पुर्याएउनुका साथै उपसभापति र महामन्त्री मनोनयनका लागि केन्द्रीय समितिमा नाम प्रस्ताव गरिसकेको निकट सदस्यले दाबी गरे।

तर, सभापति देउवानिकट केन्द्रीय सदस्य महेन्द्र यादवले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै आन्तरिक छलफलबाटै सभापति अघि बढेको दाबी गरे। संसदीय दल र संसदीय दल कार्यसमितिमा छलफल भइरहेको उनले जिकिर गरे। भने, ‘केन्द्रीय समितिले नीतिगत र महŒवपूर्ण निर्णय लिने हो। बैठक नै राख्नुपर्ने राष्ट्रिय एजेन्डा र पार्टीभित्र पनि निर्णय लिइहाल्नुपर्ने महŒवपूर्ण कुनै विषय छैन।’

संसदीय दलको निर्णयअनुसार नै पार्टी सभापतिसहित नेताले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको विकल्प खोजी सुरु गरेको तर्क गर्दै यादवले भने, ‘रणनीतिक कुरा केन्द्रीय समितिमा छलफल गराएर पार लाग्दैन, नीतिगत निर्णय संसदीय दलबाट लिएकै हो।’

पार्टी विधि र विधानअनुसार नै चल्नुपर्छ भन्नेमा सभापतिसहित सबै नेता रहेको दाबी गर्दै उनले भने, ‘नेता रामचन्द्र पौडेल र महामन्त्री नै विदेशमा भएका बेला बैठक बोलाएर महŒवपूर्ण निर्णय लिन नेतृत्वलाई पनि समस्या छ।’

दुबै नेता स्वदेश फर्केपछि पदाधिकारीसहित सबै निकायलाई पूर्णता दिने काम अघि बढ्ने उनले दाबी गरे। नेता पौडेल र महामन्त्री सशांक कोइराला अमेरिका भ्रमणमा निस्केका छन्। कोइराला केही दिनअघि स्वदेश फर्के पनि पौडेल अझै उतै छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !