२६ बैशाख २०८१, बुधबार

काँग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर


सर्वोच्च अदालत

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य एवं महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत आज बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशनको प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल रहेको रिटमा दाबी गरिएको छ ।

सर्वोच्चमा दर्ता भएको उक्त रिटको आइतबार पेशी तोकिएको छ । पर्सी १८ भदौदेखि कांग्रेसका वडा तहका अधिवेशन शुरु हुँदैछन् । आगामी मंसिर ९–१३ मंसिरका लागि कांग्रेसले १४ औँ महाधिवेशनको मिति घोषणा गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !