१४ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पतालमा अख्तियारको छापा


भरतपुर अस्पताल

वीरगञ्ज । चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ । स्रोतका अनुसार अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली अस्पतालमा पुगेको छ ।

टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !