१० जेष्ठ २०८१, बिहिबार

धनराजको टिप्पणी : सुशील नारामै, ओली ठट्यौलीमै, देउवा साझा कार्यक्रममै सिमित

भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका देउवा न्युनतम साझा कार्यक्रममै सिमित नहुन् : धनराज गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले प्रधानमन्त्री भएको बेला भ्रष्टाचारका काण्डहरुको बिरुद्ध छानबिन गर्न सुशील कोइराला नारामै सिमित, केपी शर्मा ओली ठट्यौलीमै सिमित भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै नेता गुरुङले तर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा न्युनतम साझा कार्यक्रममै सिमित नहुन भनेर सचेत समेत गराएका छन् ।

उनले भ्रष्टाचारका सन्दर्भमा प्रधानमन्त्री भएको बेला सुशील कोइरालाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नारा घन्काएतापनि नारामै सिमित भएको टिप्पणी गरेका हुन् । त्यस्तै प्रधानमन्त्री भएको समयमा केपी शर्मा ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भनेतर ठट्यौलीमै सिमित भएको व्यंग गरेका छन् ।

साथै काँग्रेस सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन् तर न्युनतम साझा कार्यक्रममै उनको भनाई सिमित कदापी पनि हुनु हुदैन भनेर उनले खबरदारी गरेका हुन् ।

उनले लेखेका छन्, ‘भ्रष्टाचारका सन्दर्भमा : १) सुशील कोइरालाले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नारा घन्काए । नारामै सिमित भयो । २) केपी ओलीले भ्रष्टाचारीको मुखै हेर्दिन भने । ठट्यौलीमै सिमित भयो । ३) शेर ब.देउवाले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्ने भनेका छन् । न्युनतम साझा कार्यक्रममै सिमित नहोस् ।’

धनराज ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !