२६ बैशाख २०८१, बुधबार

कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा


कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी १४औ महाधिवेशनमा सभापति पदमा आज उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार काठमाडौंमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी गुरुङले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यसअघि कांग्रेस सभापतिका लागि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् । निधिले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै आएका छन् । उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर भाद्र ११ गते शुक्रबार सभापतिको लागि चुनावी अभियान नै सञ्चालन गरेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा सभापतिका आकांक्षी धेरै देखिएका छन् । काँग्रेसमा जति बढीले सभापतिमा उमेदवारी दिन्छन्, उति नै प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जित्न सहज हुने देखिन्छ । कांग्रेसको १४औ महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने तय भएको छ ।

यो पनि पढ्नुहोस्

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने विमलेन्द्र निधिको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !