१० जेष्ठ २०८१, बिहिबार

उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ : धनराज गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले काठमाडौं उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै नेता गुरुङले महानगरपलिकाका मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्रधानमन्त्रीले व्यवस्थापन गर्न निर्देशन दिदैमा समाधान नहुने बताएका छन ।

गुरुङ्ले मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्रधानमन्त्रीले निर्देशन दिने गरेर समाधान हुँदैन । उनले “फोहोरलाई मोहर” बनाऔ भनेर बिगतमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको स्मरण गरेका छन् । उनले फोहोर समस्या नभएर समाधान हो भन्दै काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १०० मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ भनेका छन् ।

गुरुङले लेखेका छन्, ‘मेयरले फोहोर व्यवस्थापनका लागि गुहार माग्ने र प्र.म.ले निर्देशन दिने गरेर समाधान हुँदैन । मैले “फोहोरलाई मोहर” बनाऔ भनेर संसदमा सार्वजनिक महत्वको प्रस्ताव राखेको थिएँ । फोहोर समस्या हैन समाधान हो । काठमाण्डौं उपत्यकामा निस्कने फोहोरबाट १००मेघावाट बायो इनर्जी उत्पादन गर्न सकिन्छ ।’

हिजो सोमबार मात्र प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएको सन्दर्भलाई लिएर नेता गुरुङ्ले गुहार माग्ने र प्रधानमन्त्रीले व्यवस्थापन गर्न निर्देशन दिने समाधान नभएको बताएका हुन ।

बिगत तीन सातादेखि नउठेपछि काठमाडौं महानगरपलिकाका भित्र फोहोरोको थुप्रो लागेको छ । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं महानगरले फोहोर उठाउन नसकिएको बताउँदै आएको छ ।

सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ । काठमाडौँ उपत्यकाको फोहर नउठ्दा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको छ । यस्तै काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घर-घरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

यसरी घरघरबाट गैरजिम्मेवार नागरिकले फोहरको डंगुर फाल्न थालेपछि पवित्र वाग्मती नदी डम्पिङ साइट बनेको छ । यसरी काठमाडौँ महानगरपालिका दिउसै निदाए जस्तो गरेर बसेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य गैरजिम्मेवार देखिएका छन् ।

 धनराज गुरुङ ट्वीट

यो पनि पढ्नुहोस्

काठमाडौँको फोहर नउठेपछि देउवाले बोलाएर विद्यासुन्दरलाई यसरी थर्काए

कांग्रेस निकट युवाहरुले दिए काठमाडौंका मेयर विद्यासुन्दरलाई ‘फोहोर उपहार’

निदायो काठमाडौँ महानगर : घरघरबाट फोहर फाल्न थालेपछि वाग्मती बन्यो डम्पिङ साइट

उपत्यकाको फोहर अझै एक साता नउठ्ने, नागरिकको स्वास्थ्यमा खेलबाड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !