१२ बैशाख २०८१, बुधबार

कांग्रेस निकट युवाहरुले दिए काठमाडौंका मेयर विद्यासुन्दरलाई ‘फोहोर उपहार’


युथ कांग्रेस नेपाल

काठमाडौँ । बिगत तीन सातादेखि काठमाडौं उपत्यकामा फोहोर नउठाइएपछि सुन्धारास्थित काठमाडौं महानगरपालिकाको प्रवेशद्वार अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । कांग्रेस निकट युथ कांग्रेस नेपालका कार्यकर्ताहरुले आज सोमबार फोहोर थुपारेर विरोध प्रदर्शन गरेका हुन् ।

कांग्रेस निकट यी युवाहरुले दिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई सांकेतिक रुपमा ‘फोहोर उपहार’ दिएका हुन् । प्रदर्शनकारीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्डसहित प्रदर्शन गर्दै ती प्लेकार्ड त्यही छाडिदिएका छन् ।

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं महानगरले फोहोर उठाउन नसकिएको बताउँदै आएको छ । अहिले राजधानी काठमाडौँका सडकमा जताततै फोहोर थुप्रिएको छ ।

सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ । काठमाडौँ उपत्यकाको फोहर नउठ्दा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको छ । यस्तै काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घर-घरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

यसरी घरघरबाट गैरजिम्मेवार नागरिकले फोहरको डंगुर फाल्न थालेपछि पवित्र वाग्मती नदी डम्पिङ साइट बनेको छ । यसरी काठमाडौँ महानगरपालिका दिउसै निदाए जस्तो गरेर बसेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य गैरजिम्मेवार देखिएका छन् ।

यो पनि पढ्नुहोस्

निदायो काठमाडौँ महानगर : घरघरबाट फोहर फाल्न थालेपछि वाग्मती बन्यो डम्पिङ साइट

उपत्यकाको फोहर अझै एक साता नउठ्ने, नागरिकको स्वास्थ्यमा खेलबाड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !