८ बैशाख २०८१, शनिबार

प्रदीप नेपालले साथ छाडेपछि खनाललाई लिन नेपाल आफै पुगे विमानस्थल


झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

मिर्गौंला प्रत्यारोपण गराएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खनालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नेकपा एमाले ‘दक्षिणपन्थी अवसरवादी’ भएको टिप्पणी गरेका छन् ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि खनालले नेपाली राजदूतावास दिल्लीबाट नै आफ्नो सनाखत गरेका थिए । नेकपा एमालेका वरिष्ठ नेताका रुपमा दिल्ली गएका खनाल नेकपा (एकिकृत समाजवादी) को वरिष्ठ नेताका रुपमा स्वदेश फर्किएका हुन।

यता नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताको समयमा साथ दिएका नेता प्रदीप नेपालले उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । आज सोमबार दिउसो सामाजिक संजाल फेसबुकमा लेख्दै उनले नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् । उनले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका हुन् ।

प्रदिप नेपालले आफ्नो साथ छोडेर पहिलो गाँसमै ढुंगा लागेका अध्यक्ष नेपालसहितका नेताहरू खनाललाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए । खनाललाई लिन अध्यक्ष नेपाल आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

उपचारको लागि उनी गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए । गत साउन २० गते उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौँ आएपछि झलनाथले भने- केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवादी हो

एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको झलनाथ खनालको दावी

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा : प्रदीप नेपालले छाडे उनको पार्टी

नेकपा एमाले समाजवादीमा झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

दिल्लीवाट आयोगलाई झलनाथको पत्र : म नेकपा (एकीकृत समाजवादी) मा छु, यतैवाट सनाखत गर्ने व्यवस्था मिलाइदिनू

कित्ता क्लियर गर्दै दिल्लीवाट झलनाथले भने- मेरो समर्थन माधव नेपालको पार्टीमा छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !