६ बैशाख २०८१, बिहिबार

एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको झलनाथ खनालको दावी


झलनाथ खनाल

१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको दावी गरेका छन् ।

भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा पत्रकारहरुसँग बोल्दै एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको दावी गरे ।

एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको खनालले बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको खनालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !