२१ बैशाख २०८१, शुक्रबार

माधव नेपाललाई पहिलो गाँसमै ढुंगा : प्रदीप नेपालले छाडे उनको पार्टी


माधव नेपाल र प्रदीप नेपाल

काठमाडौं । नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताको समयमा साथ दिएका नेता प्रदीप नेपालले उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् ।

आज सोमबार दिउसो सामाजिक संजाल फेसबुकमा लेख्दै उनले नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने अवस्था आएको बताएका छन् । उनले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी) को गठन हुँदा पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) राखेमा मात्र माधवको पार्टीमा आउने अडान राख्दै आएकोमा नेकपा (एस) ले पार्टीको मार्गदर्शक जबज नराखेपछि उनले उक्त पार्टी छोड्नु परेको प्रष्ट पारेका छन् ।

उनले नेकपा (एस) छोडेपनि तानाशाही प्रवृत्तिको सधैं विरोधी भएकोले आफूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न भने नजाने प्रष्ट पारेका छन् । उनले माधव नेपालले पनि झेली कुरा गर्न सिक्न थालेको टिप्पणी गरेका छन् ।

उनले माधव नेपालसँग बारम्बारको कुराकानीमा आफूले जबज हुँदैन भने आफ्नो नाम उक्त पार्टी नेकपा (एस) नलेख्नुस समेत भनेको जानकारी दिए । तर आखिरमा माधव नेपालबाट पनि आफूले धोकाकै उपहार लिएर जानुपर्ने भएकोले उक्त पार्टीवाट आफू विदा हुनुपरेको तीतो यथार्थ ओकलेका छन् ।

यसअघि भाद्र ३ गते बिहिबार फेसबुकमा लेख्दै उनले आफू माधवकुमार नेपालको मान्छे भएको भनेर आफ्नो कित्ता प्रष्ट पारेका थिए । उनले आफू नेता नेपालको मान्छे भएको बताएपनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको पनि उल्लेख गरेका थिए ।

नेता नेपालले दर्ता गराएको नयाँ पार्टीमा प्रदीप नेपालको नाम समेत राखिएको थियो । त्यसपछि उनी नेकपा (एस) मा लागेका थिए । माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि हस्ताक्षर सनाखत गर्न उनी भाद्र ९ गते बुधबार निर्वाचन आयोगमा समेत पुगेका थिए ।

उनले लेखेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’

यो पनि पढ्नुहोस्

प्रदीप नेपाल लागे नेकपा एकीकृत समाजवादीमा

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ

तानाशाही केपी ओलीले एमाले सिध्याए : प्रदीप नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !