५ जेष्ठ २०८१, शनिबार

प्रदीप नेपाल लागे नेकपा एकीकृत समाजवादीमा


प्रदीप नेपाल

काठमाडौं । नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल समूहमा लागेका छन् । नेता नेपाल आज नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् ।

नेता नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल आज निर्वाचन आयोगमा पुगेको एक नेताले जानकारी दिए ।

यसअघि भाद्र ३ गते बिहिबार नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको स्पष्ट पारेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवेदन दिएपछि उनले आफ्नो कित्ता प्रष्ट पारेका थिए ।

उनले आफू नेता नेपालको मान्छे भएको बताएपनि आफू ६ वर्षदेखि कमिटीविहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको पनि उल्लेख गरेका थिए । नेता नेपालले दर्ता गराएको नयाँ पार्टीमा प्रदीप नेपालको नाम समेत राखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रदीप नेपालले भने- म माधव नेपालको मान्छे हुँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !