४ जेष्ठ २०८१, शुक्रबार

अन्तत: संवैधानिक परिषद् सम्बन्धी मुद्दावाट अलग भए प्रधानन्यायाधीश राणा


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । अन्तत: संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अलग भएका छन् । शुक्रबार रिट निवेदकको तर्फवाट कानून व्यवसायीले राणाको संलग्नतामाथि प्रश्न उठाएपछि रिटविरुद्ध सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट उनी अलग भएका हुन् ।

३० मंसिरमा जारी भएका संवैधानिक परिषद्लगायत अध्यादेशविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा बहस जारी रहेको छ । कानून व्यवसायीले उनी इजलासबाट अलग हुनुपर्ने माग गरेका थिए । अधिवक्ता ओमप्रकाश अर्याल लगायतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदा प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने माग कानून व्यवसायीले गरेका थिए ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठकमा भाग लिएको र विपक्षी भई लिखित जवाफ पनि पेश गरेकाले इजलासबाट प्रधानन्यायाधीश राणा अलग हुनुपर्ने माग कानून व्यवसायीको थियो । उनी इजलासमा बस्दा स्वार्थ बाझिने उनीहरूले औँल्याएका थिए ।

शुक्रबार रिट निवेदकहरुले प्रधानन्यायाधीश जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए । रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् ।

यस्तै मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । यसअघि इजलासमा रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !