८ जेष्ठ २०८१, मंगलबार

ओलीप्रति नेपालको टिप्पणी : पार्टी विभाजन हुँदा भोज गरेर खुशीयाली मनाए


केपी ओली र माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली मनाएको टिप्पणी गरेका छन् ।

नेपालको नेतृत्वको सो पार्टीले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीमाथि दुईपटक पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप समेत लगाए ।

नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले हिजो बुधबार राती अबेर नयाँ दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकार सम्मेलनमा बोल्दै नेपालले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप लगाए ।

दुईपटक प्रतिनिधिसभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको भन्दै नेपालले ओलीलाई अहंकारको घोडामा सवार भएको आरोप लगाए । उनले ओलीलाई प्रतिगमनकारी भन्दै ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेको टिप्पणी गरे ।

ओली दक्षिणपन्थी अवसरवादको भासमा फसेकोले नयाँ पार्टी खोल्न बाध्य हुनुपरेको बताएका छन् । नेपालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताको कारण नयाँ पार्टी गठन गरेको स्पष्ट परेका हुन् ।

नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको समेत दावी गरेका छन् ।

यो पनि पढ्नुहोस्

माधव नेपालको घोषणा : हाम्रो पार्टी देउवा सरकारमा सहभागी हुन्छ

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि आरोपको थुप्रो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !