१२ बैशाख २०८१, बुधबार

माधव नेपालको घोषणा : हाम्रो पार्टी देउवा सरकारमा सहभागी हुन्छ


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् ।

नेपालको नेतृत्वको सो पार्टीले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले गठबन्धनको सरकारमा चाडैं सहभागी हुने बताएका स्पष्ट पारेका हुन् ।

उनले गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहेकोले सरकारमा जाने बताएका हुन् ।

केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेको बताएपनि आज जारी पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध खरो रुपमा उत्रिएका छन् ।

यो पनि पढ्नुहोस्

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि आरोपको थुप्रो

नयाँ दल दर्ता गरेपछि नेपालले ओलीलाई टक्कर दिन पहिलो पटक पत्रकार सम्मेलन गर्दै

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक, नेपालको पार्टीमा गएका नेतालाई कारबाही गर्ने

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !