१९ बैशाख २०८१, बुधबार

लुम्बिनीका मुख्यमन्त्रीले ल्याए ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा


कुलप्रसाद केसी

बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । अहिले ४ बजे शुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

उनले गठबन्धनको सरकारको महाअभियानमा एकतावद्ध साथ दिन र विश्वास गरेर राजनीतिक सहयात्राको नयाँ गोरेटो कोर्नका लागि सवै प्रदेशसभा सदस्यहरुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । लुम्बिनीको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत मागेका हुन् ।

उनले विश्वासको मत मागिरहँदा प्रदेश सभामा प्रतिपक्ष एमालेका सवै सांसद भने अनुपस्थित रहेका छन् । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरु अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।

लुम्बिनीका मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा अघि सारेका छन् । उनले ‘समृद्ध लुम्बिनी आत्मनिर्भर लुम्बिनी’ नारा अनुसार अघि बढ्ने उल्लेख गरेका हुन् ।

यस अघि शंकर पोखरेल नेतृत्वको सरकारको ‘समृद्ध प्रदेश सुखी प्रदेश’ नारा रहेको थियो । केसीले यस अघिको नारालाई विकसित रुपमा नयाँ नारा बनाएको बताए । उनले स्वास्थ्य शिक्षा र कृषि लगायतका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउने दाबी गरे । उनले कोरोना नियन्त्रण मुख्य प्राथमिकता रहेको जानकारी पनि बताए ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा प्रतिपक्ष एमालेको अनुपस्थितिमै मुख्यमन्त्री केसीले मागे विश्वासको मत

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !