१९ बैशाख २०८१, बुधबार

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


लुम्बिनी मुख्यमन्त्री कुल प्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै सोमबार विश्वासको मत लिने भएका छन् । लुम्बिनीको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । आज सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् ।

सो बैठकमा केही विधेयकहरु पेश गरी पुन: साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजेदेखि जारी बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !