२२ बैशाख २०८१, शनिबार

सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बरमा एमाले सांसदको घेराउ


अग्निप्रसाद सापकोटा

प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै एमालेका सांसदहरुले सभामुखको च्याम्बर घेराउ गरेको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् ।

एक नेताका अनुसार सभामुखको च्याम्बर घेराउ गर्नेमा खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, गोकुलप्रसाद बाँस्कोटा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !