१४ बैशाख २०८१, शुक्रबार

नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य


अष्टलक्ष्मी शाक्य

हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । हिजो बुधबार राती उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले हिजो बुधबार राती नै राति पद तथा गोपनीयताको शपथ गराएका छन् । देश संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलालाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेर इतिहास रचेकी हुन् ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ ।

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि पौडेलले हिजो बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य सर्वसम्मतले चयन भएकी थिइन् ।

माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएकी हुन् । नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी हुन् । ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी एमाले विभाजन भएपछि उनी ओली समूहमा फर्किएकी हुन् ।

यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । उनलाई संसदीय दलको नेतामा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।

यो पनि पढ्नुहोस्

बागमतीमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !