१४ बैशाख २०८१, शुक्रबार

बागमतीमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा ३ सदस्यीय मन्त्रिपरिषद् गठन


अष्टलक्ष्मी शाक्य

हेटौडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । उनले सामाजिक विकास मन्त्रीमा कृष्ण खनाल र आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिएर नियुक्त गरेकी हुन् ।

बागमती प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये बाँकी ४ मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्कालको लागि आफैले राखेकी छन् । आज बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ ।

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । नेकपा एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य सर्वसम्मतले चयन भएकी छन् ।

माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएकी हुन् । नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी हुन् । ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी एमाले विभाजन भएपछि उनी ओली समूहमा फर्किएकी हुन् ।

यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । उनलाई संसदीय दलको नेतामा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।

यो पनि पढ्नुहोस्

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले बाग्मती प्रदेश संसदीय दलकाे नेतामा अष्टलक्ष्मी शाक्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !