१४ बैशाख २०८१, शुक्रबार

अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक, अध्यादेश फिर्ता गरियोस् : कमल थापा


कमल थापा फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएकोले अध्यादेश फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज बेलुकी सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने देउवा सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित भएको उल्लेख गरेका छन् ।

यो निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत हुनुका साथै अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएकोले अध्यादेश फिर्ता गर्न माग गरेका छन् ।

उनले लेखेका छन्, ‘संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारीगर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ।यो निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ।अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ । अध्यादेश फिर्ता गरियोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !