१४ बैशाख २०८१, शुक्रबार

ओली समूहको स्थायी कमिटी बैठक सुरु, भीम रावल अनुपस्थित


एमाले बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको छ । हिजो अवेर राति अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका थिए ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै अध्यक्ष ओलीले हिजो राति विभाजनको विपक्षमा र एकताको पक्षमा दृढ भएर उभिन अपिल गरेका थिए ।

आज पार्टीको संसदीय दलको बैठकसमेत बस्ने भएको छ । बैठकमा सहभागी हुनको लागि माधव नेपाल पक्षधर नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । तर, नेपाल पक्ष भने आजको बैठकमा सहभागी हुने वा नहुने भन्ने यकिन भएको छैन् । भीम रावलले बैठकमा सहभागी नहुने बताईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !