१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।

उनले संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको बताए । संसदको आजसम्म चालु अधिवेशनमा १० वटा बैठक बसेको थियो ।

सर्वोच्च अदालतले २८ असार गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि पहिलो बैठक साउन ३ गते बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन संसदवाट विश्वासको मत पनि लिएका थिए । संसद अधिवेशन अन्त्य गरेर देउवा सरकारले केही अध्यादेश ल्याउने तयारी गरेको विशेष स्रोतले बताएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली सरकारले ल्याएका १५ वटा अध्यादेशलाई छलफलमै नलगी सरकारले संसद् अधिवेशन अन्त्य सिफारिस गरेको थियो ।

दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिए नसकेको भन्दै देउवा सरकार आलोचना हुदै आएको छ । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !