२२ बैशाख २०८१, शनिबार

लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारका थप दुई मन्त्रीले राजीनामा दिँदै


मुख्यमन्त्री शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहेका दुई जना मन्त्रीले पनि राजीनामा दिने तयारी गरेका छन् ।
यसअघि मंगलबार बेलुका एक जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

पोखरेल नेतृत्वमा रहेका भौतिक तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेले पार्टीको निर्णयअनुसार भन्दै राजीनामा बुझाएका थिए । पार्टी नीति विपरित शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्री पाण्डेले मंगलबार राजीनामा दिएका हुन् ।

त्यस्तै, जसपाबाट नै मन्त्री बनेका विजयबहादुर यादव र कल्पना पाण्डे लम्सालले पनि राजीनामा दिने बताइएको छ । जनता समाजवादी पार्टीका नेतासमेत रहेका उनीहरु सरकारमा सहभागी भएपछि पार्टीलाई कारबाही गरेको थियो ।

गत वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका पाण्डे लगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतबाट अन्तरिम आदेश नआएपछि आज आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेले बताएका छन् ।

लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सबै पोखरेल सरकार विरुद्धको गठबन्धन दलतिर लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !