१० जेष्ठ २०८१, बिहिबार

धनराजको देउवालाई ध्यानकर्षण : नेपालको रेल तुरुन्त संचालनमा ल्याइयोस्


जयनगर–बर्दिवास रेल्वे

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका यूवा नेता धनराज गुरुङले छोपेर राखेको नेपालको रेल तुरुन्त संचालनमा ल्याउन सरकारलाई ध्यानकर्षण गराएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले छोपेर राखेको रेलमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बिगतमा असक्षमता झल्किएको बताएका छन् ।

गरीब नेपाली जनताले तिरेको करबाट करोडौंमा किनेको रेल छोपेर राख्नलाई होइन भन्दै आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, ‘छोपेर राखेको रेलमा निवर्तमान प्र.म.अोलीको अक्षमता झल्किन्छ । गरीब जनताले तिरेको करबाट करोडौंमा किनेको रेल छोपेर राख्नलाई होइन। @PM_nepal_ ज्यु! “रेल” तुरुन्त संचालनमा ल्याइयोस् । जय नेपाल ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !