१४ बैशाख २०८१, शुक्रबार

माओवादीको स्थायी कमिटीको बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आज बस्न लागेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्ने विषयमा छलफल हुने माओवादीका एक नेताले बताए । माओवादीवाट शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन् ।

शर्मा अर्थ मन्त्री रहेका छन् भने भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

माओवादीमा आकांक्षी धेरै देखिएपछि मन्त्री छनोट सकसपूर्ण बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले माओवादीका सवै ४९ जना सांसदलाई मन्त्री पद चाहिएकोले आफूलाई सकस परेको सार्वजनिक रुपमै बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई श्रावण ९ गते शनिबार सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरेका थिए । उनले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका थिए ।

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ ।

यो पनि पढ्नुहोस्

अहिले मलाई सकस परेको छ, ४९ सांसदलाई मन्त्री पद चाहिएको छ : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु