१४ बैशाख २०८१, शुक्रबार

प्रकाशमान, शशांक र विमलेन्द्रबीच चाक्सीबारीमा भेटवार्ता


प्रकाशमान, शशांक र विमलेन्द्रबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट भएको छ । आज शनिबार दिउँसो चाक्सीबारी ठमेलस्थित सिंह निवासमा ३ जना नेताबीच छलफल भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा पुन: भेटवार्ता शुरु गरेका हुन् । उनीहरूबीच राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनबारे छलफल हो ।

काँग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको बेला गणेशमान सिंह पुत्र प्रकाशमान निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल भएको हो ।

पारिवारिक राजनीतिक पृष्ठभूमि भएका कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र तीनै जना सभापतिका आकांक्षीवीच काँग्रेस सभापति देउवालाई चुनौती दिन भएको लञ्च मिटिङले काँग्रेसमा पहिलोपटक नयाँ तरंग आएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !