२५ बैशाख २०८१, मंगलबार

विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओलीको दु:ख व्यक्त


Kp oli

२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको बंगला एअर दुर्घटना घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुर्घटनापछि गर्नुपर्ने उद्धार तथा उपचारका कार्यमा सरकारको तर्फबाट तत्काल कुनै कमी रहन नदिएको बताए ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा दुर्घटना जाचबुझ आयोग गठन गरिएको जानकारी दिँदै प्रधान्मन्त्री ओलीले आयोगले काम शुरु गरिसकेको जानकारी दिए ।

‘आयोगले छिटो प्रतिवेदन बुझाउनेछ र तदनुसार आगामी कामहरु के गर्ने भन्ने सन्दर्भमा कदम चालिनेछ’, प्रधानमन्त्री ओलीले भने ।

दुर्घटनाको जानकारी लिन म आफै पनि एअरपोर्ट गए’, भने ‘गृहमन्त्री, उद्योग बाणिज्य तथा आपुर्ती लगायत तत्काल घटनास्थल पुगेर उद्दार र उपचारमा सिघ्रता ल्याउन निर्देशन दिने र आवश्यक कदम चाल्ने काम तत्काल भए ।’

तत्काल बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग सम्पर्क गर्ने कोशिस गरेपनि उहाँ विदेश भ्रमणमा रहेका कारण केही समयपछि सम्पर्क भएर उद्दार, उपचारमा कुनै कसर नरहने जानकारी गराएको प्रधानमन्त्री ओलीले बताए ।

घटनापछि बंगलादेशका पर्यटन तथा नागरिक उड्डयन मन्त्री कमल काठमाडौं आएर भेटघाट गरी आवश्यक पर्दा (खासगरी उपचारका सन्दर्भमा फरेन्सिक ल्याब टेस्ट, डिएनए टेस्ट, एअर एम्बुलेन्सबाट लगेर उपचार गराउने सम्बन्धमा) पारस्परिक सहयोग गरेर जाने कुरा राखेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !