१४ बैशाख २०८१, शुक्रबार

गाडीमा इम्बोस्ड नम्बर प्लेट गलत किन ? धनराजले दिए यस्तो कारण


धनराज गुरुङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट

काठमाडौँ । पूर्वसंसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको कारण समेत दिएका छन् ।

उनले संबिधानको धारा ७ (१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संबिधान बिपरित भएको उल्लेख गरेका छन् ।

संबिधानको धारा २८ अनुसार नागरिकको गोपनीयताको हक हनन् हुने हुँदा संबिधान बिपरित हुनुको साथै राष्ट्रिय सुरक्षा खतरामा पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘गाडीमा एम्बोस्ट नम्बर प्लेट गलत! किन ? १) संबिधानको धारा ७(१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संबिधान बिपरित छ। २) संबिधानको धारा २८ अनुसार नागरिकको गोपनीयताको हक हनन् हुने हुँदा संबिधान बिपरित छ । ३) राष्ट्रिय सुरक्षा खतरामा पर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !