काठमाडौँ । पूर्वसंसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्नु गलत भएको कारण समेत दिएका छन् ।
उनले संबिधानको धारा ७ (१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संबिधान बिपरित भएको उल्लेख गरेका छन् ।
संबिधानको धारा २८ अनुसार नागरिकको गोपनीयताको हक हनन् हुने हुँदा संबिधान बिपरित हुनुको साथै राष्ट्रिय सुरक्षा खतरामा पर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘गाडीमा एम्बोस्ट नम्बर प्लेट गलत! किन ? १) संबिधानको धारा ७(१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संबिधान बिपरित छ। २) संबिधानको धारा २८ अनुसार नागरिकको गोपनीयताको हक हनन् हुने हुँदा संबिधान बिपरित छ । ३) राष्ट्रिय सुरक्षा खतरामा पर्छ ।’
गाडीमा एम्बोस्ट नम्बर प्लेट गलत! किन?
१) संबिधानको धारा ७(१) अनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषामा लेख्नुपर्ने तर अंग्रेजीमा लेखिएकोले यो संबिधान बिपरित छ।
२) संबिधानको धारा २८ अनुसार नागरिकको गोपनीयताको हक हनन् हुने हुँदा संबिधान बिपरित छ।
३) राष्ट्रिय सुरक्षा खतरामा पर्छ।— Dhan Raj Gurung (@dhanrgrg) July 29, 2021