२० बैशाख २०८१, बिहिबार

सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास खुमलटारमा रामचन्द्र


सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास खुमलटारमा रामचन्द्र

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका छन् ।

आज सोमबार बिहान कांग्रेस नेता पौडेल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझन खुमलटार पुगेका हुन् । पौडेलले भेटेर सीताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यसअघि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सीतालाई भेट्न खुमलटार पुगेका थिए । सीता लामो समयदेखि पार्किन्सन् रोगका कारण अस्वस्थ रहेकी छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !