१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा


प्रधानमन्त्री देउवा अचानक खुमलटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् । अस्वस्थ रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास गएको बुझिएको छ ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् । सीता लामो समयदेखि पार्किन्सन् रोगका कारण अस्वस्थ रहेकी छन् ।

अध्यक्ष प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो ।

यसअघि आज मंगलबार बिहानमात्रै देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । बिहान प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग मन्त्रिपरिषद् विस्तार, सरकारको आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरेका थिए ।

आज बिहान देउवा र प्रचण्डवीच भएको भेटमा सरकार सञ्चालन र गठबन्धनको साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका देउवा गठबन्धनको विश्वास लिएर अगाडि बढ्ने रणनीतिमा देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !