२३ बैशाख २०८१, आइतबार

जसपाका कार्यकारिणी सदस्यहरु पुगे निर्वाचन आयोग


काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगले निर्णय गर्दैछ । यसको लागि आयोगले आज उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्षलाई आयोगमा बोलाएको छ । अहिले आयोगको कार्यालयमा दुवै पक्षका कार्यकारिणी सदस्यहरु पुगिसकेका छन् ।

जसपामा यादव पक्षको कार्यकारिणी समिति र संसदीय दल दुवैमा बहुमत रहेको छ । आयोगले आज हेड काउन्ट गर्ने भनेपछि यादव पक्षका कार्यकारिणी समिति सदस्यहरु हिजोदेखि नै गोदावारी रिसोर्टमा जम्मा भएर बसेका थिए । दुवै पक्षका कार्यकारिणी सदस्यहरुको सनाखतपछि जसपाको आधिकाकिता टुँगो लगाउने आयोगको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !