१२ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले बोलाए दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गर्ने बुझिएको छ । स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ । तीन वर्षपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाबाटै सचिव पाउने भएको हो ।

आज विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिले बाह्रौं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा.सिंह र श्रेष्ठको नाम क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ। अन्य दुईजनाको कार्यकाल भने तीन वर्षभन्दा बढी छ।

आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको सरुवा गर्ने समेत बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !