विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई Nepalpatra विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई

२१ श्रावण २०७८, बिहिबार

विश्वासको मत पाएलगत्तै देउवालाई मोदीले दिए बधाई


विश्वासको मत पाएलगत्तै देउवालाई मोदीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभावार विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएतापनि प्रधानमन्त्री मोदीले बधाई दिन कन्जुस्याई गरेको भनेर मोदीको सामाजिक संजाल लगायत संचार माध्यममा चर्को आलोचना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा