६ बैशाख २०८१, बिहिबार

विश्वासको मत पाएलगत्तै देउवालाई मोदीले दिए बधाई


विश्वासको मत पाएलगत्तै देउवालाई मोदीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभावार विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएतापनि प्रधानमन्त्री मोदीले बधाई दिन कन्जुस्याई गरेको भनेर मोदीको सामाजिक संजाल लगायत संचार माध्यममा चर्को आलोचना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !