१४ बैशाख २०८१, शुक्रबार

ओली-नेपाल नदीका दुई किनारा : सिंहदरबारमा एकता प्रयासमा दोस्रो तहका नेताहरु सक्रिय


केपी शर्मा ओली र माधव नेपाल

काठमाडौँ । गायक दिपक खरेलले गाएको एउटा गीत छ – कहाँ प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनारा जस्तै बनाइदिएको छ ।

आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपालसँग क्रुद्द छन् । नेता नेपाल पनि ओलीले ‘अति गरेको’ भन्दै देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरूसहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहन्छन् । त्यसको पहलसमेत गरिरहेका छन् ।

यसरी नेपाली काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै पार्टीको सरकार ढाल्न अहम् भूमिका निर्वाह गरेर घरमा आगो लगाएर खरानी बनाएका माधव नेपाल अप्ठ्यारोमा परी दु:खका दिन शुरु भएका छन् । एमालेमै रहेर ओलीसँग बस्ने नैतिक संकट समेत उत्पन्न भएको छ ।

तर यता ‘सास रहेसम्म आश हुन्छ’ भनेझैँ पार्टी एकतालाई जोगाउन एमालेको दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका हुन् ।

एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल जारी रहेको छ । शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् ।

छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले बताएको दिएको छ ।​ विघटित कार्यदलका ओली समूहका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल सहभागी भएका छन् भने भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका थिए ।

यस्तै आजको बैठकमा एमाले सचिवहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् । एमाले स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँग संवाद अघि बढाउका हुन् । शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए ।

ओलीले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग भएको घोषणा गरेका थिए । पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए । नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !