२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधन जारी


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गरिरहेका छन् । आज मंगलबार दिउँसो २ बजे देशबासीको नाममा निवर्तमान प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएतापनि केही समयअघि मात्र उनको सम्बोधन शुरु भएको हो ।

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गरेर भोलि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने तयारी गरेका हुन् । भोलि बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास भक्तपुरको बालकोट सर्ने भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएपछि उक्त फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गरेका हुन् । सर्वोच्चले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !