१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा पुनः स्थापनाले सांसद खरीदबिक्रीको जोखिम बढ्यो : नेमकिपा


प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसद खरीदबिक्रीको जोखिम बढेको बताएका छन् ।

आज सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछिपनि राजनीतिक अन्योल नसकिएको जनाउँदै उनले संसद पुनस्थापनासँगै सांसद खरीदबिक्रीको सम्भावना बढेको बताएका हुन् ।

भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ख्वपको पहिचान नामक पुस्तक विमोचन गर्दै सांसद सुवालले प्रतिनिधिसभा पुनःस्थापनाले देशको राजनीतिमा अन्योल यथावत रहेको बताएका छन् ।

उनले भने, ‘संसद पुनःस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !