२१ बैशाख २०८१, शुक्रबार

अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन : माधव नेपाल


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।

नेता नेपालले भने, “अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो ।” कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।

नेकपा एमाले एकताको सन्देश सुनाउन आज आइतबार बिहान ८ बजे बस्ने भनिएको कार्यदल बैठक सवा ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको छ ।

१० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा आज बिहान हस्ताक्षर गर्ने तयारी गरेको हो । नेता नेपालको निवास कोटेश्वरमा १ घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक जारी रहेको छ ।

विशेष स्रोतका अनुसार संस्थापन समूहका पाँचै जना नेताहरु अर्थ मन्त्रालयमा नेपाल समूहका नेताहरुलाई कुरिरहेका थिए । माधव समूहका नेताहरु पुगेपछि आजै सहमतिमा हस्ताक्षर हुने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी, सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !