२५ बैशाख २०८१, मंगलबार

पुर्वमाओवादी नेताहरु आयोग पुगेपछि माओवादी केन्द्रले दियो यतिसम्मको चेतावनी


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौं । माओवादी केन्द्रले पार्टीसँग सरोकार नै नराख्ने व्यक्तिले दल दर्ता खारेजीको दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु माओवादी केन्द्र विधि, विधान र संविधानविपरित चलेको भन्दै निर्वाचन आयोग पुगेपछि केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको जनाइएको हो ।

माअ‍ेवादी केन्द्रीयका कार्यलय सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता दल खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ ।’

केही अवसरवादी, स्वार्थी लालची र अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई वदनाम गराउन सकिन्छ भन्ने दुष्प्रचार गरेको भन्दै माओवादी केन्द्रले त्यसप्रति आपत्ति जनाएको हो । पार्टीले संविधान, कानुन र विधिविधान विपरित दुष्प्रचार गरेकोमा पाटीका नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई भ्रममा नपर्न समे आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !