१४ बैशाख २०८१, शुक्रबार

सभामुखको आरोप : प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अतिक्रमण भयो


अग्नि सापकोटा फोटो फाइल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको आरोप छन् । उनले संसदको पटक-पटक अवमूल्यन भएको समेत आरोप लगाए ।

सभामुख सापकोटाले आज मंगलबार नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।

उनले संविधानको मर्ममाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा उत्पन्न भएको समेत धारणा राखे ।

उनले संसदलाई जीवन्त राख्न आफूले निरन्तर प्रयत्न गरिरहेको बताए । उनले संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने स्पष्ट पारे ।

यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि खुलासा गरे । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !