१४ बैशाख २०८१, शुक्रबार

देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा बस्दै


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बस्दैछ । देउवा निवास बुढानीलकण्ठमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बस्न लागेको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बुझिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्न बोलाइएको बैठकमा नेपाली कांगेसका सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का, एमाले वरिष्ठ नेता नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि सहभागी हुने देउवाको सचिवालयले बताएको छ ।

बैठकमा मंगलबार सर्वोच्च अदालतले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर, प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस लगायतबारे छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !