१८ बैशाख २०८१, मंगलबार

जातीय विभेदमा पक्राउ घरबेटीलाई छुटाउन शिक्षामन्त्री गएकोमा धनराजको आपत्ति


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । पूर्वसंसद् एवं नेपाली काँग्रेसका यूवा नेता धनराज गुरुङले दलित युवतीलाई कोठा नदिएर सामाजिक विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी महिलालाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी बृत्त काठमाडौँमा पुगेकोमा आपत्ति जनाएका छन् ।

सामाजिक संजालमा ट्वीटरमा आज दिउसो लेख्दै उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले ५ जना मन्त्रीले देश कसरी हाँक्ने भनेकामा आज शिक्षामन्त्रीले देश यी यसरी हाँक्ने भनेर देखाएछन् भनेर व्यंग गर्दै आरोपित महिला कानुन बमोजिम एकदिन त छुट्ने नै थिएन र ? भनेर प्रश्न समेत गरेका छन् ।

जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

उनले लेखेका छन्, ‘सामाजिक विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी महिलालाई छुटाउन शिक्षामन्त्री महानगरीय प्रहरी बृत्तमा पुगेछन् । हिजो प्र.म.अोलीले ५जना मन्त्रीले देश कसरी हाँक्ने भनेका थिए । आज शिक्षामन्त्रीले देश यि यसरी हाँक्ने भनेर देखाएछन् । आरोपित महिला कानुन बमोजिम एकदिन त छुट्ने नै थिएन र ?’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !