२४ बैशाख २०८१, सोमबार

मनोनीत राष्ट्रियसभा सदस्यहरुको सपथ


yubaraj, ramnarayan and bimala

२५ फागुन, काठमाण्डौ । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको आज शपथग्रहण हुने भएको छ ।

सर्वोच्चको पत्र आइनपुगेका कारण उनीहरुको सपथग्रहणको समय भने टुंगो नलागेको संसद, सचिवालयका सचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘सर्वोच्चको पत्र आउनेबित्तिकै शपथग्रहण गराउँछौं ।’ तीनै जनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !