२६ बैशाख २०८१, बुधबार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, हटाइयो अक्सिजन सपोर्ट


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि लगाइएको अक्सिजन सर्पोट पनि हटाइएको छ ।

खनालको स्वास्थमा उल्लेख्य सुधार आएको र ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको उनको सचिवालयले जानकारी दिएको छ । उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएतापनि खनालको थप स्वास्थ्य उपचारको क्रममा केही समय लाग्ने अस्पतालले जनाएको छ ।

यसअगि नै दिल्ली लागिएपछि खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको थियो । अहिले उनी खनाल खाना खान सक्ने अवस्थामा आएका छन् ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरी कोरोना संक्रमणमुक्त भई घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको थियो ।

पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लागिएको थियो । मिर्गौलाको समस्याबाट पीडित खनालको फोक्सोमा पानी जमेपछि थप उपचारको लागि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !